Logo

मुख्यमन्त्री शर्माको प्रस्ताव ‘मलाई सहयोग गर्नुस्’, कँडेलको अडान ‘केन्द्रको सर्कूलरअनुसार अघि बढ्नुपर्छ’



काठमाडौं, २० चैत । कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत लिने तयारी गरेपछि सत्तारुढ गठबन्धनमा शंका, उपशंका पैदा भएको छ । केन्द्रीय सत्ता गठबन्धनमा भएको सहमतिअनुसार कर्णाली प्रदेश सरकारको नेतृत्व नेकपा (एमाले) को भागमा परेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुख्यमन्त्री शर्मालाई एमालेको नेतृत्वमा सरकार बनाउने वातावरण निर्माण गर्नभन्दै टेलिफोन वार्ताबाटै निर्देशन दिएका थिए । प्रचण्डको निर्देशन विपरीत शर्माले आजै विश्वासको मत लिने तयारी गरेका छन् । आज विहान एमाले कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक यामलाल कँडेलले मुख्यमन्त्री शर्मासँग भेटवार्ता गरेका थिए ।

भेटवार्ताका क्रममा दुवै जनाले आ–आफ्नो अडान कायमै राखेका थिए । मुख्यमन्त्री शर्माले पहिलो चरणमा आफूलाई सहयोग गर्न भन्दै कँडेललाई प्रस्ताव गरेका थिए । शर्माको प्रस्तावमा कँडेलले केन्द्रको सर्कूलरअनुसार नै अगाडि जानुपर्ने अडान कायमै राखे ।

उनीहरुबीच पनि ठोस सहमति हुन सकेन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई दूत बनाएर कर्णाली पठाएका छन् ।



प्रतिक्रिया दिनुहोस्