काठमाडौं, २० चैत । बागमती प्रदेश सरकारमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज (मंगलबार) मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले नेकपा (एमाले) को तर्फबाट चार जना मन्त्री नियुक्त गरेका थिए ।
प्रदेश प्रमुख प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरु केशव पोखरेल, प्रकाश श्रेष्ठ, रामेश्वर श्रेष्ठ र एकालाल श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।
पोखरेलले वन तथा वातावरण, प्रकाशले उद्योग, वाणिज्य, भूमि तथा प्रशासन, रामेश्वरले स्वास्थ्य मन्त्रालय र एकालालले खानेपानी, ऊर्जा तथा सिँचाईं मन्त्रालयको जिम्मेवारी पाएका छन् ।