Logo

हम्फ्रेजको घातक बलिङ, नेपाल ‘ए’ को अर्को लज्जास्पद हार



काठमाडौं,२३ चैत । तीन खेलको टी-२० सिरिज गुमाएको नेपाल ए खेल अर्को एकदिवसीय सिरिज पनि आफ्नो पोल्टामा पार्नबाट चुकेको छ । आज भएको दोस्रो खेलमा पनि आयरल्याण्ड ए सँग लज्जास्पद हार भोगेपटि सिरिज बराबरी पार्ने नेपाल ए को सपना तुहिएको छ ।

 आयरल्यान्डले नेपाललाई एक सय १४ रनको फराकिलो अन्तरले पराजित गरेको हो । एकदिवसीय शृंखलामा नेपालको यो लगातार दोस्रो हार हो । आयरल्यान्डले भने तीन खेलको शृंखलामा २–० को अग्रता लिएको छ । 

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आयरल्यान्डले ३८.४ ओभरमा अलआउट हुनुअघि एक सय ७४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमै अलआउट हुनुअघि ६० रनमात्र बनाउन सक्यो ।

नेपालका भीम सार्कीले २१ बलमा २ चौका र १ छक्कासहित सर्वाधिक १७ रन बनाए । विनोद भण्डारी १९बलमा २ चौकासहित १६ रनमा आउट भए । नेपालका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल शून्य, अर्जुन साउद ५, नरेन भट्ट र बसिर अहमद ६-६ रनमा आउट भए ।

नेपाललाई लज्जास्पद हार चखाउनेक्रममा आयरल्याण्ड ‘ए’ का स्पिनर म्याथ्यु हम्फ्रेजले ४.५ ओभरमा १ मेडनसहित ८ रन खर्चेर ६ विकेट लिए । थोमस मेयर्स र फिन ह्यान्डले २-२ विकेट लिए ।



प्रतिक्रिया दिनुहोस्