![](https://reportersnepal.com/wp-content/uploads/2024/04/received_935173794680203-750x430-1-768x452.jpeg)
काठमाडौं,२३ चैत । सुदूरपश्चिमका प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् ।
प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दल मिलेर सरकार गठनको दाबी पेश गर्न आह्वान गरेका हुन् । उनले दलहरूलाई ९ दिनको समय दिएका छन् । दलहरूले वैशाख २ बेलुकी ५ बजेभित्र दाबी पेश गर्नुपर्नेछ ।