Logo

प्रदेशमा आ-आफ्नो सापेक्षतामा सरकार बनाउन दिनुपर्छः माओवादी नेता शर्मा



काठमाडौं, २५ चैत । नेकपा (माओवादी केन्द्र) का नेता हिमाल शर्माले केन्द्र सरकारले प्रदेश सरकारलाई हस्तक्षेप गर्न नहुने बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले प्रदेशमा आ–आफ्नो सापेक्षताअनुसार त्यहाँ सरकार गठन हुनुपर्ने उनले बताए । प्रदेश सरकार गठनमा केन्द्रले यसरी हस्तक्षेप गर्दा संघीयतालाई राम्रोसँग व्यवस्थापन गर्न नसकिने उनले बताए । अहिले संघीयतामाथि नै प्रश्न उठिरहेको भन्दै उनले यसमा दलहरुले गम्भीर भएर सोच्न आवश्यक रहेको बताए ।

‘केन्द्रमा यताउती हुँदा साथ प्रदेशहरुमा सबै विघटन हुनुपर्ने र त्यहाँ पनि फेरबदल हुनुपर्ने अनिवार्य शर्त राख्न हुँदैन । प्रदेशमा आ–आफ्नो सापेक्षतामा त्यहाँ सरकार निर्माण गर्ने र आफ्नो गतिविधिहरु अगाडि बढाउने अधिकार प्रत्योजन गर्नुपर्छ ।’ उनले भने, ‘राजनीतिक दलहरुले पनि यसो गर्न नसक्दाखेरी संघीयतालाई राम्रोसँग व्यवस्थापन गर्ने भनेर हामीले जुन भनेका छौं, यस्तो भयो भने के–को संघीयता भयो त त्यो ?’



प्रतिक्रिया दिनुहोस्