Logo

थाइल्यान्डका नेपाली युवा व्यवसायी ओलीलाई ‘योङ एचिभर’ अवार्ड



बैंकक, २ वैशाख । थाइल्यान्डमा बसेर व्यवसाय गर्दे आएका नेपाली युवा व्यवसायी लोकेन्द्र ओलीले ‘द योङ एचिभर अवार्ड’ प्राप्त गरेका छन् । ग्लोबल युथ पार्लियामेन्टद्वारा बैंककमा आयोजित दुई दिने सम्मेलनमा रूकुम घर भएका नेपाली युवा ओलीले उक्त अवार्ड प्रदान गरेका हुन् । ओली एनआरएनए थाइल्यान्डका युवा संयोजकसमेत हुन् ।

परदेशमा रहेर नेपालको सामाजिक सेवामा सक्रिय ओली गैरआवासीय नेपाली संघ ९एनआरएनए०मा पनि आबद्ध छन् । बैंककस्थित सुकुम्बितमा आयोजित समारोहमा थाइल्यान्डको प्रतिनिधिसभा सांसद सुपाकोन तांगटिफाईबुँतना र डिफेन्स कमिसनका अध्यक्ष वीरोज लाखनाडिसोरान र युथ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले ओलीलाई मेडल र प्रमाणपत्रसहित अवार्ड प्रदान गरेका हुन् ।

कार्यक्रममा विभन्न देशबाट प्रतिनिधित्व गरेका युवाहरूलाई पनि अवार्ड प्रदान गरिएको थियो । ग्लोबल युथ पार्लियामेन्ट अवार्ड सन् २०१७ देखि सुरूवात भएको हो । यो हरेक वर्ष हुँदै आएको छ । युवा सम्मेलनमा ८२ भन्दा बढी देशका युवाले सहभागिता जनाइसकेका छन् ।

युथ पार्लियामेन्ट युवाहरूले आफ्नो आवाज बुलन्द गर्ने प्लेटफर्म हो । नेतृत्व विकास, युवा सशक्तीकरण, जलवायु परिवर्तनले युवामा पारेको असरलगायत वैश्विक समस्याबारे छलफल हुने गर्छ ।

यसपटक एआई प्लेटमफर्मको विकास, जलवायु परिवर्तनले युवाहरूमा पारेको प्रभावबारे छलफल भएको अध्यक्ष दिवाकर अर्यालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्