Logo

कांग्रेसको औपचारिक निर्णयः सुदूरपश्चिममा नाउपाका लक्ष्मण चौधरीलाई मुख्यमन्त्री बनाउने



काठमाडौं, ३ वैशाख । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मण किशोर चौधरीलाई मुख्यमन्त्रीमा सघाउने औपचारिक निर्णय गरेको छ । आज (सोमबार) बसेको संसदीय दलको बैठकले नाउपाका संरक्षक रेशम चौधरी पक्षधर लक्ष्मण चौधरीलाई मुख्यमन्त्री बनाउन सहयोग र समर्थन गर्ने निर्णय गरेको हो ।

आजको बैठकमा निवर्तमान मुख्यमन्त्री कमल बहादुर शाह पनि सहभागी थिए । कांग्रेसले यस अघि औपचारिक निर्णय गरेर समर्थन गरेको थिएन । यद्यपि, नाउपाका नेता लक्ष्मणकिशोरले हिजो कांग्रेस, एकीकृत समाजवादी र आफू आवद्ध दलको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन् ।

एमाले–माओवादीसहितको समर्थनमा नाउपाकै नेता कैलाश चौधरीले पनि मुख्यमन्त्रीमा दाबी पेश गरेपछि प्रदेश प्रमुखले अहिलेसम्म कसैलाई मुख्यमन्त्री नियुक्त गरेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्