Logo

नवनिर्वाचित सांसद खानले लिइन् शपथ



काठमाडौं,७ वैशाख । जनता समाजवादी पार्टीकी नवनिर्वाचित सांसद हसिना खानले पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

शुक्रबार खानले सभामुख देवराज घिमिरेसमक्ष पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि जसपाले रिक्त स्थानमा २७ वर्षीया खानको नाम सिफारिस गरेको थियो । शर्माको चैत ४ गते निधन भएको थियो ।

जसपाबाट समानुपातिक सांसद बनेकी शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा मञ्जु सांसद मनोनीत भएकी थिइन् ।

गत चैत २२ गते ललितपुरको बालकुमारीमा बसेको जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले बाँकेकी खानलाई समानुपातिक सांसद बनाउन सिफारिस गरेको थियो।

photo by: Mukunda Kalikote/ reporters nepal



प्रतिक्रिया दिनुहोस्