Logo

जितबहादुरलाई जिताउन कम्मर कसेका झलनाथ र किरात धर्मगुरु आत्मानन्दबीच भेटवार्ता



काठमाडौं,८ वैशाख । वैशाख १५ गते हुने इलानम-२ को उपनिर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार जिताउन भन्दै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनाल इलाममा छन् ।

इलाम २मा समाजवादीले जितबहादुर राईलाई उम्मेदवार बनाएको छ । गत वर्ष गाउँपालिकाको अध्यक्षमा पराजित भएका राईलाई उम्मेदवार बनाएको समाजवादीले राईलाई जिताउने उदेश्यले खनाललाई कमाण्डर तोकेको छ । खनाल पनि राईलाई जिताउन कम्मर कसेर लागिपरेका छन् ।

चुनाव प्रचार प्रसारमा व्यस्त रहेका खनालले किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार इलामको माङसेबुङ ५ स्थित गुरुको निजी आश्रममा पूर्व प्रधानमन्त्री खनालले किरात धर्मगुरुसँग मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेइङसँग भेटवार्ता गरेका खनालको सचिवालयले जनाएको छ ।

भेटवार्तामा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कमल प्रसाद जबेगु र पूर्व मन्त्री तथा संसद् खिनु लङवा समेत सहभागी थिए । आगामी वैशाख १५ गते हुन लागेको इलाम २ को उपनिर्वाचन नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूले किरात धर्मगुरुसँगको भेटलाई तीव्र बनाएका छन् ।

इलामको चुनावमा धर्मगुरुको साथलाई महत्वपूर्ण मानिन्छ । यसअघिसम्म उनको समर्थन नेकपा एमालेका उम्मेदवारलाई रहँदै आएको बताईन्छ । यसपटक भने उनले कुन उम्मेदवारलाई समर्थन गर्छन् त्यो प्रष्ट भईसकेको छैन् ।



प्रतिक्रिया दिनुहोस्