Logo

अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन सीडीओ कार्यालयलाई गृहको निर्देशन



काठमाडौंँ, १४ वैशाख । गृह मन्त्रालयले देशका सबै जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) लाई अलपत्र र रुग्ण आयोजनाको विवरण पठाउन निर्देशन दिएको छ। शुक्रबार सबै जिल्ला प्रशासनलाई पत्र पठाउँदै गृहले त्यस्तो निर्देशन दिएको हो।

“मुलुकको विभिन्न स्थानहरूमा सञ्चालित योजना तथा आयोजनाहरू पूर्ण कार्यान्वयन नभई अलपत्र र अपुरो हुन गई सार्वजनिक कोष तथा सम्पतिको नोक्सानी व्यहोर्नु परेको गुनासो आएको सन्दर्भमा त्यहाँ जिल्लास्थित आयोजना/योजना सञ्चालन गर्न कार्यालय/निकायसँग समन्वय गरि त्यहाँ जिल्लास्थित हाल अलपत्र/रुग्ण अवस्थामा रहेका योजना तथा आयोजनाहरुको विवरण यस मन्त्रालयमा पठाउनुहुन अनुरोध छ,” गृहको पत्रमा उल्लेख छ ।

साथै गृहले अलपत्र/रुग्ण आयोजनालाई पूर्णता दिन सम्बन्धित कार्यालय/निकाय लगायत सरोकारवालासँग समन्वय एवं सहजीकरण गर्न पनि निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्