Logo

उपनिर्वाचनः तोकिएको मतदान केन्द्रमा उपस्थित भई ढुक्कसँग मतदान गर्न आयोगको आग्रह



काठमाडौं, १४ वैशाख । निर्वाचन आयोगले इलाम–२ मा र बझाङ–१ (क) मा हुन लागेको उपनिर्वाचनमा निर्धक्कसँग मतदान गर्न मतदाताहरुलाई अपिल गरेको छ । आज (शुक्रबार) विज्ञप्ति जारी गर्दै आयोगले तोकिएको मतदान केन्द्रमा उपस्थित भएर आफूले छानेको उम्मेदवारको चिह्नमा मतदान गरी मतको सदुपयोग गर्न आग्रह गरेको हो ।

इलाम–१ मा प्रतिनिधि सभा सदस्य र बझाङ–१ (क) मा प्रदेश सभा सदस्य चयनका लागि भोलि बिहान ७ बजेदेखि ५ बजेसम्म मतदान हुँदैछ ।

आयोगले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय तथा भयमुक्त वातावरणमा सम्पन्न गर्ने कार्यमा सबैको सकारात्मक सहयोग र इमान्दार प्रयत्न हुनेमा विश्वास व्यक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस्