Logo

फेसबुकबाटै समर्थन फिर्ताको घोषणा गरेकी नाउपा सांसद थापा सुदूरमा मन्त्री नियुक्त हुँदै



काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले सरकार विस्तारको तयारी थालेका छन् । सोडारीले आज नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापालाई मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।

यसअघि सुदूर सरकारमा नाउपाका कैलाश चौधरी भौतिक पूर्वधार मन्त्री छन् । थापालाई भने कृषि मन्त्रालयको जिम्मा दिने तयारी छ । उनले यसअघि मन्त्री नियुक्त नगरिएको भन्दै सामाजिक सञ्जालबाट मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी थिईन् । यद्यपि उक्त घोषणा कार्यान्वयन भएको छैन् ।

वैशाख ६ मा मुख्यमन्त्रीमा नियुक्त सोडारीले अझैसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। मुख्यमन्त्री बनेकै दिन उनले नाउपाका कैलाश चौधरीलाई भौतिक पूर्वाधार मन्त्री नियुक्त गरे। त्यसो त त्यस दिन उनले नाउपाकै टीका थापालाई पनि बिनाविभागीय मन्त्री बनाउन खोजेका थिए। तर बिना मन्त्रालयको मन्त्री बन्न थापाले अस्वीकार गरिन्। अहिले उनै थापा कृषि मन्त्रालयको जिम्मेवारीसहित सुदूरपश्चिम सरकारमा सामेल हुन तयार भएकी हुन्।



प्रतिक्रिया दिनुहोस्