Logo

चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छः महासचिव गुरुङ



काठमाडौं, १९ वैशाख । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताका लागि चीन सहयोग गर्न तयार रहेको बताएका छन् । भर्खरै चीन भ्रमणबाट फर्किएका महासचिव गुरुङले आज (बुधबार) संवाद डबलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको पनि उनले बताए । साथै, नेपालका कम्युनिस्ट पार्टीहरूबीच सहकार्य होस् भन्ने चीनको चाहना रहेको पनि उनको भनाइ छ । ‘चीन सधैं नेपालको समृद्धि, शान्ति र राजनीतिक स्थिरताका लागि सहयोग गर्न तयार छ । चीनले नेपालमा स्थिर सरकार हेर्न चाहेको छ,’– उनले भने ।

साथै, उनले वर्तमान सरकार बाँकी कार्यकाल पूरै अवधि जाने दाबी गरे । उनले नेपालको निर्वाचन प्रणालीका कारण सत्ता समीकरण फरेबदल भइरहने अवस्था सिर्जना भएको समेत बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्