काठमाडौं, २० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज (बिहीबार) विहान प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्तामा हालै सम्पन्न उपनिर्वाचनको समीक्षा र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । साथै, सत्ता समीकरणबारे नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालमा देखिएको असन्तुष्टिका बारेमा पनि दुई नेताहरुले छलफल गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष नेपालले पछिल्लो समय सरकारविरुद्ध निरन्तर असन्तुष्टि प्रकट गर्दै आएका छन् ।
साथै, प्रदेश सरकारको बारेमा पनि दुई नेताहरुले छलफल गरेको बताइएको छ । File Photo/RN