Logo

एमाले जुम्लाको अध्यक्षमा दोहोरिए महत



जुम्ला, २० वैशाख । नेपाल कम्युनिष्ट पार्टी (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत निर्वाचित भएका छन् ।

महत एक सय ९४ मतसहित विजयी भएका हुन् । कूल तीन सय ३४ जना प्रतिनिधिमध्ये अध्यक्षका प्रत्यासी धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गरे ।

महत यसअघि पनि जिल्ला कमिटी अध्यक्ष नै थिए । उपाध्यक्षमा प्रेमबहादुर बुढाले एक सय ८७ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिस्पर्धी पदम बुढा एक सय ३८ मत प्राप्त गरेका छन् ।

सचिवमा मानबहादुर रोकाया एक सय ७९ मत प्राप्त गरी विजयी भए । उनका प्रतिद्वन्द्वी आदीप्रसाद न्यौपानेले एक सय ४१ मत प्राप्त गरेका छन् । उपसचिवमा धनबहादुर बुढाले एक सय ७९ मत प्राप्त गरी विजयी हुँदा उनका प्रतिद्वन्द्वी धर्मेन्द्र रोकायाले एक सय ४१ प्राप्त गरेको एमालेले जनाएको छ ।

महिला उपसचिवमा मेनका रेग्मीले एक सय ७४ मत प्राप्त गरी विजयी भईन् भने सुशीला भट्टराईले एक सय आठ मत प्राप्त गरेको नेकपा एमाले जुम्लाले जनाएको छ । 



प्रतिक्रिया दिनुहोस्