Logo

राज्यमाथिको निरन्तर खबरदारी र निगरानीलाई मिसन बनाउन पत्रकारहरुलाई प्रधानमन्त्री प्रचण्डको अपिल



काठमाडौं, २१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राज्यमाथिको निरन्तर खबरदारी र निगरानीलाई मिसन बनाउन पत्रकारहरुलाई अपिल गरेका छन् । आज (शुक्रबार) नेपाल पत्रकार महासंघको २७औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले राज्यमाथि निरन्तर खबरदारी र निगरानी राखेर परिवर्तनलाई संस्थागत गर्ने कार्यमा सहयोग गर्न आग्रह गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको प्रमुख हिस्सेदार नेपाली पत्रकारिता क्षेत्र पनि रहेको स्मरण गराउँदै उनले भने, ‘अब पत्रकारिता क्षेत्रले आफूसमेत सहभागी भएर प्राप्त भएको उपलब्धीको रक्षा गर्दै राज्यमाथि निरन्तर खबरदारी, म फेरि पनि दोहो¥याउन चाहन्छु– तपाईहरुले राज्यमाथि निरन्तर खबरदारी पनि गर्नुपर्दछ, राज्यमाथि निरन्तर निगरानी पनि राख्नुपर्दछ । यस कार्यलाई मिसन बनाउनुस् भनेर म अपिल गर्न चाहन्छु ।’

वर्तमान सरकारले प्रेस जगतसँग हातेमालो गरेर प्राप्त परिवर्तनका एजेण्डालाई संस्थागत र देशमा द्रुत आर्थिक उपलब्धी हासिल गर्न चाहेको उनको भनाइ छ । उनले आफूले सरकारको नेतृत्व सम्हालेको पछिल्लो १६ महिनामा कयौं मानकहरु कायम भएको उनको दाबी छ । साथै, अर्थतन्त्रताका सूचकहरु विस्तारै सकारात्मक दिशामा रहेको र लगानी बृद्धि भएको उनले दाबी गरे । नेपाललाई विकासको नयाँ गति दिने आधारको रुपमा लगानी सम्मेलनलाई राज्यले बुझेको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्