Logo

प्रदेश सभामा माओवादी नेता चुमानको अपिलः ‘मध्यावधि रोक्न विश्वासको मत दिऊँ’



काठमाडौं, २३ वैशाख । नेकपा (माओवादी केन्द्र) गण्डकी प्रदेश सभा संसदीय दलका नेता हरिबहादुर चुमानले मध्यावधि रोक्न मुख्यमन्त्री खगराज अघिकारीलाई विश्वासको मत दिन अपील गरेका छन् । आज (आइतबार) जारी प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मत दिएर सघाउनु भनेको मध्यावधि रोक्नु रहेको बताएका हुन् ।

‘हामी यसै–यसै जाँदा मध्यावधितिर जाने खतरा छ । अहिले माननीय मुख्यमन्त्री खगराजज्यूले प्रस्ताव राख्नुभयो । यो मतलाई सघाउनु भनेको मध्यावधि रोक्नु हो भन्ने मलाई लाग्छ । मध्यावधितिर सोझिन लागेको बाटोलाई रोक्नका निम्ति मतदान गर्ने हो भन्ने मलाई लाग्छ,’– उनले भने ।

साथै, माओवादी केन्द्रका प्रदेश सभा सदस्यहरुले मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतको पक्षमा मतदान गर्ने पनि उनले बताए ।



प्रतिक्रिया दिनुहोस्