Logo

पार्टी फुटेपछि प्रचण्ड भेट्न बालुवाटार पुगे उपेन्द्र



काठमाडौं,२५ वैशाख । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

उपप्रधानमन्त्रीसमेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले मंगलबार प्रधानमन्त्री प्रचण्डलाई बालुवाटार पुगेका भेटेका हुन्।

अमेरिका भ्रमणमा रहँदै यादव नेतृत्वको जसपा विभाजन भएको थियो । यादव नेतृत्वको जसपा नेपाल फुटेर अशोक राई नेतृत्वमा जनता समाजवादी गठन भएको थियो। जसपा नेपालमा १२ जना प्रतिनिधि सभा सांसद थिए। तीमध्ये ७ जना राई नेतृत्वको जनता समाजवादीमा लागेका छन्।

राई नेतृत्वको जनता समाजवादीलाई निर्वाचन आयोगले सोमबार नयाँ दलको मान्यता दिएको थियो।

आजको भेटमा सोहीबारेमा छलफल भएको छ । वर्तमान सरकार ढाल्न उपेन्द्र लागिपरेको आरोप लगाउँदै राईले बहुमत सांसद जुटाएर पार्टी विभाजन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्