Logo

‘अरु कल्लाई देख्छन् र मान्छेले प्रचण्डबाहेक यो देशमा !’



काठमाडौं,२५ वैशाख । आइतबार एकाएक सत्तारुढ दल जसपा नेपाल फुटेपछि धेरैले सरकारले भूमिका खेलेको आशंका गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कुनैपनि भूमिका नरहेको प्रष्ट पारेका छन् ।

मंगलबार बिहान सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेताहरूको बैठकपछि बाहिरिने क्रममा प्रचण्डले जसपा विभाजनमा आफ्नो कुनैपनि भूमिका नरहेको प्रष्ट पारेका हुन् ।

सभामुखको कार्यकक्षमा प्रवेश गर्नै लाग्दा पत्रकारले उनलाई जसपा फुटाउन भूमिका खेलेको आरोप छ नि त तपाईंलाई भनेर प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले भने, ‘अरु कल्लाई देख्छन् र मान्छेले प्रचण्डबाहेक यो देशमा’ ।

जसपा नेपाल फुटाएर आइतबार अशोक राईले नयाँ पार्टी गठन गरेका छन् । उनको नेतृत्वमा सोमबार जसपा निर्वाचन आयोगमा दर्ता भएको हो । नयाँ पार्टीलाई ७ जना सांसदले समर्थन गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्