Logo

पार्टीका नेता/कार्यकर्तालाई प्रचण्डले भने, ‘अनेक गरेर भएपनि पूरै अवधि सरकारको नेतृत्व गर्छु’



काठमाडौं, २६ वैशाख । प्रधानमन्त्री पुष्कपमल दाहाल ‘प्रचण्ड’ ले अनेक गरेर भएपनि वर्तमान सरकारलाई पूरै अवधि टिकाउने बताएका छन् । आज (बुधबार) सिन्धुलीको शुनकोशी गाउँपालिकामा आयोजित पार्टीको कार्यक्रममा उनले वर्तमान सरकारलाई जसरी पनि टिकाउने बताएका हुन् । साथै, वर्तमान सरकारले विकास निर्माण, शिक्षा, स्वास्थलगायतका क्षेत्रमा युगान्तकारी काम गरेको उनको दाबी छ । ‘अनेक गरिन्छ । सरकारलाई पुरै अवधि लगिन्छ । दुविधा नरहोस्,’– प्रधानमन्त्री प्रचण्डले भने ।

वर्तमान सरकारले जनताको अपेक्षाअनुरुपका काम गर्न अझैं बाँकी रहेपनि राम्रो नै प्रगति गरेको उनको दाबी छ । सरकारले खानेपानीका समस्या समाधान, मलखाद र उन्नत बिउलगायतका समस्या हल गरिरहेको पनि उनले बताए । सरकारले आगामी नीति, कार्यक्रम र बजेटमार्फत जनतामा भरोसा स्थापित गर्न खोजिरहेको उनले बताए । File Photo/RN



प्रतिक्रिया दिनुहोस्