Logo

प्रधानमन्त्री प्रचण्ड वीर अस्पतालमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीर अस्पताल पुगेका छन् । दाँतको उपचार गर्न उनी वीर अस्पताल पुगेका हुन् ।

बुधवार बिहानदेखि नै दाँत दुखाई सुरु भएपछि चेकजाँच तथा उपचारका लागि वीर अस्पतालमा पुगेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

उनका अनुसार वीर अस्पतालमा रहेको भीभीआईपी कक्षमा अस्पतालका डा। ऋतु श्रेष्ठ नेतृत्वको टोलीले चेकजाँच तथा उपचार गरिरहेको छ ।



प्रतिक्रिया दिनुहोस्