Logo

कांग्रेसको माग जायज रहेको एकीकृत समाजवादीको निश्कर्ष, गम्भीर बन्न सरकारलाई सुझाव



काठमाडौं, २९ वैशाख । नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले कांग्रेसले सदनमा उठाएको मागप्रति सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । आज (शनिबार) पार्टी कार्यालय आलोकनगरमा स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कांग्रेसले सदनमा उठाएको माग जायज रहेको बताउँदै सरकार गम्भीर बन्नुपर्ने आवश्यकत्ता औंल्याएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै कांग्रेसले सदन अवरुद्ध गरिरहेको छ । सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिलाई कांग्रेसले सदन सुचारु गर्न बटम लाइन बनाएको छ ।

साथै, संसद्को गतिरोध अन्त्य गर्ने कुरामा सभामुखले पनि प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको उनको भनाइ छ । उनले पार्टी एक ढिक्का रहेको पनि बताए । बैठकमा पार्टी विभाजनको डिलमा रहेको बारे कसैले पनि प्रसंग नै ननिकालेको उनको दाबी छ ।



प्रतिक्रिया दिनुहोस्