Logo

पार्टी विभाजनविरुद्ध आज सर्वोच्च जाँदै उपेन्द्र



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव आज सर्वोच्च अदालत जाने भएका छन् । जसपा नेपालबाट विभाजन भएर गठन भएको जसपालाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध यादव सर्वोच्च जान लागेका हुन् ।

गत आइतबार उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपाल विभाज भएको थियो । पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले जसपा गठन गरेका छन् । प्रतिनिधि सभाका १२ सांसदमध्ये राईलाई ७ जना सांसदले साथ दिएका छ्न ।

सरकारका उपप्रधान तथा स्वास्थ्यमन्त्रीसमेत रहेका यादव विदेश भ्रमणमा रहेकोबेला पार्टी विभाजन भएको थियो ।



प्रतिक्रिया दिनुहोस्