Logo

सरकारबाट बाहिरियो जसपा नेपाल, यादव र कार्कीले बुझाए राजीनामा



काठमाडौं, ३१ वैशाख । जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएको छ । आज (सोमबार) प्रधानमन्त्री निवास बालुवाटार पुगेर उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा बुझाएका हुन् ।

यादवले राजीनामा पत्रमा वर्तमान विकसित राजनीतिक परिस्थितिमा सरकारमा रहेर सहकार्यलाई निरन्तरता दिन नसकिएको उल्लेख गरेका छन् । जसपा नेपालको हिजो बसेको कार्यकारिणी समितिको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

उपेन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन गरिदिएको आरोप लगाउँदै आएका छन् । मधेश प्रदेश सरकारबाट एमाले र माओवादीले समर्थन फिर्ता लिएपछि उपेन्द्र झनै रुष्ट बनेका हुन् ।



प्रतिक्रिया दिनुहोस्