काठमाडौं,३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत दिएसँगै जसपा नेपालकी सांसद निर्मला लिम्बू अशोक राईको पक्षमा खुल्ने भएकी छन् ।
संविधानको धारा १६८ ९५० अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए ।
गत आइतबार उपेन्द्र यादवको नेतृत्वमा रहेको जसपा नेपाल विभाजन भएको थियो । अशोक राईले पार्टी विभाजन गरेर जसपा गठन गरेका थिए । जसपा गठन गरेपछि निर्वाचन आयोगले २१ दिनको समय दिएर जनप्रतिनिधिहरुलाई सनाखत गर्नु भनेको छ ।
आयोगले सनाखतका लागि समय दिएपनि कोशी प्रदेशमा एक सीट रहेको जसपामा निर्मला कूनैपनि पक्षमा खुलेकी थिईनन् । तर, आज सत्ता गठबन्धनलाई साथ दिँदै मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि भने उनी राईको पक्षमा रहने निश्चित भएको छ ।