Logo

लोकतन्त्रको ठेकेदार मै हुँ भन्ने पार्टीले वाक स्वतन्त्रता हनन् गर्योः मनिष झा (भिडिओसहित)



काठमाडौं, १ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टीका सह–प्रवक्ता एवं प्रतिनिधि सभा सदस्य मनिष झाले कांग्रेसले आफूहरुको वाक स्वतन्त्रता हनन् गरेको बताएका छन् । हिजो (सोमबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले लोकतन्त्रको ठेकेदार हुँ भन्ने कांग्रेसले आफूहरुलाई सदनमा बोल्न नदिएर वाक स्वतन्त्रताको हनन् गरेको बताएका हुन् ।

‘डेमोक्रेसीको पाँच वटा आधारभूत सिद्धान्तमा सबैभन्दा पहिलो बुँदा नै वाक स्वतन्त्रता हो । नेपालमा लोकतन्त्रको ठेकेदार मै हुँ भन्ने पार्टीले हाम्रो वाक स्वतन्त्रता हनन् गरिराखेको छ । सदनमा हामीलाई बोल्न दिइराखेको छैन,’– उनले भने ।

आफूहरुले सहकारी ठगी प्रकरणमा छानविन समिति बनाउन हुँदैन भनेर कहिले पनि नभनेको उनको भनाइ छ । उनले छानविन समिति बनाउनुस्, त्यो भन्दा पहिला हामी सदनमा बोल्न चाहन्छौं भन्दा कांग्रेसले अवरोध जारी राखेको दाबी गरे । त्यसैगरी, छानविन समिति व्यक्ति केन्द्रीत भन्दा पनि विषय केन्द्रीत र मुद्दा केन्द्रीत हुनुपर्ने उनले बताए । कांग्रेसले कुण्ठा बोकेर समितिको माग गरेको बताए ।



प्रतिक्रिया दिनुहोस्