Logo

एमाले नेताको रविलक्षित टिप्पणीः ‘सहकारीको सदस्य नै नरहेको व्यक्तिले ऋण लिएर गरेको अपराध स्वीकार्नुपर्छ’



काठमाडौं, १ जेठ । नेकपा (एमाले) का नेता केशव बडालले समग्र सहकारीको समस्या समाधान हुनेगरी उच्चस्तरीय छानविन समिति बनाउनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले कुनै व्यक्ति तोकेर भने छानविन समिति बनाउन नसकिने बताएका हुन् ।

‘कुनै व्यक्ति तोकेर होईन, ओभरल सहकारीको छानविन गर्नेगरी समिति बनाउनुपर्छ । जनताले छानेर पठाएको प्रतिनिधिलाई तिम्रा कुरा भन्नै पाइँदैन भन्ने कुरा पनि गलत हो,’– उनले भने ।

नेपाली कांग्रेसले संसद् अवरोध गरेर बेतुकको तमासा देखाएको उनको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलक्षित टिप्पणी गर्दै उनले सहकारीको सदस्य नै नरहेको मान्छेले ऋण लिन नपाइने बताए । उनले सदस्य नै नभएको मान्छेले ऋण लिएर गरेको अपराध उसैले स्वीकार गर्नुपर्ने बताए । ‘सदस्य नै नभएकाले कारोबार ज–जसले गर्नुभएको छ, त्यो सहकारीको दर्शन, सिद्धान्त, मूल्य, मान्यता, आचरण विपरीत हो । त्यो क्रियाकलाप गर्नेहरुले आफ्नो अपराध स्वीकार्नुपर्छ,’– उनले भने ।



प्रतिक्रिया दिनुहोस्