काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी भित्र भ्रष्टीकरणको प्रवृत्ति खतरनाक रुपमा देखापरेको बताएका छन् । आज (मंगलबार) देखि ललितपुरको कान्तिपुर गार्डेनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्र भ्रष्टीकरण, पदलोलुपता र पदका निम्ति मरिहत्य गर्ने प्रवृत्ति देखापरेको उनको उनको भनाइ छ ।
‘सबैभन्दा ठूलो कुरा के छ भने हाम्रो पार्टीभित्र पनि, कम्युनिष्ट आन्दोलनभित्र पनि, नेपालको राजनीतिमा पनि, भ्रष्टीकरणको प्रवृत्ति, पदलोलुपताको प्रवृत्ति, पदको निम्ति मरिहत्य गर्ने प्रवृत्ति बडो खतरनाक रुपमा देखा परेको छ,’– उनले भने ।
साथै, पार्टीभित्र असन्तुष्टि बढेको उनले स्वीकार गरेका छन् । उनले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई असन्तुष्टि छन् भनेपनि बसेर छलफल गर्न सकिने बताए । उनले असन्तुष्ट पक्षहरुलाई छलफलमार्फत विश्वास दिलाउने र चित्त बुझाउने कोशिस गर्नुपर्ने बताए ।