Logo

पार्टी फुट्ने हल्लाले आँत्तिए माधव नेपाल !



काठमाडौं, १ जेठ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी विभाजन हुँदैछ भनेर विभिन्न प्रकारका हल्लाहरु चलाइएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) ललितपरको कान्तिपुर गार्डेनमा सुरु भएको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले पार्टी फुट्ने हल्ला चलाइएपनि परिस्थिति त्यस्तो नरहेको बताए । उनले ६ जनाले पार्टी फुटाउँदै छन् भन्ने हल्ला बाहिर आएपछि आफू आँत्तिएको बताए । पार्टीभित्र सोधखोज गर्दा कोही पनि विभाजनको पक्षमा नरहेको देखिएको उनको भनाइ छ ।

‘अहिले अनेकौं हल्लाहरु चलिरहेका छन् । कुनै हल्लाहरु सही भइदिन्छन् । ती हल्लाहरु कुनै भ्रम पैदा गर्नका लागि चलाइएका हुन्छन् । कार्यकर्तालाई प्रभावित गर्नका लागि चलाइएको हुन्छ । हामी धेरै सजक र चनाखो हुनुपर्ने हुन्छ । कुनै पनि कुरालाई आँखा चिम्लिएर सही ठान्ने गल्ती पनि गर्न हुँदैन । केही पनि होईन भन्ने काम पनि गर्न हुँदैन । त्यसको सत्यतथ्यको जाँच गर्नुपर्छ ।’ उनले भने, ‘हाम्रो पार्टीको सन्दर्भमा पनि हल्लाहरु चले । अर्को पार्टी खडा गर्नका लागि तयारी भइसकेको थियो भन्ने पनि चर्चा चल्यो । ६ जना जाँदैछन् भन्ने हल्लाहरु पनि चलाइए, चले । हामी पनि आँत्तियौं । के हो वास्तविकता ? बसेर छलफल गर्यौं । छलफल गरिसकेपछि जति गणना गर्दा पनि देखिँदैन ।’ File Photo/Reporters Nepal



प्रतिक्रिया दिनुहोस्