Logo

कांग्रेसले संसद्मा राष्ट्रपतिलाई मात्रै बोल्न दिने



काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले आज बस्ने संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा अवरोध नगर्ने भएको छ । कांग्रेसकी सचेतक सुशिला थिङले राष्ट्रपतिले नीति तथा कार्यक्र प्रस्तुत गर्दा अवरोध नगर्ने र त्यसपछिका कार्यक्रम भने अगाडि बढ्न नदिइने बताईन् ।

सचेतक थिङका अनुसार नीति तथा कार्यक्रम प्रस्तुत भइसकेपछि राष्ट्रपतिलाई धन्यवाद दिन बस्ने बैठकमा भने कांग्रेसले अवरोध गर्नेछ । सहकारी ठगी प्रकरणमा छानविन समिति नबनेसम्म सदनको गतिरोध कायमै रहने उनको भनाइ छ ।

आज दिउँसो ३ बजे राष्ट्रपतिले संघीय संसद्अन्तर्गत दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ । त्यसपछि राष्ट्रपतिलाई धन्यवाद दिन साँझ ६ बजे प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्