Logo

कांग्रेसले राष्ट्रिय सभामा प्रवेश गरायो संसदीय समितिको एजेण्डा, आजको बैठकमा अवरोध गर्ने



काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समितिको माग गर्दै राष्ट्रिय सभामा पनि अवरोध गर्नेभएको छ । आज (मंगलबार) राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेतासँगको छलफलमा कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले अब राष्ट्रिय सभामा पनि अवरोध गर्ने निर्णय सुनाएका हुन् ।

राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालले संघीय संसद्को संयुक्त बैठक र त्यसपछि बस्ने राष्ट्रिय सभाको बैठक सञ्चालनबारे छलफल गरेका थिए । सिटौलाले आफूहरुको अन्तिम बटमलाइन संसदीय समिति रहेको सुनाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको भन्दै संसदीय समिति माग गर्दै आएको छ । कांग्रेसले लामो समयदेखि प्रतिनिधि सभाको बैठक अवरोध गरिरहेको छ ।

प्रतिनिधि सभाबाट कांग्रेसले आफ्नो एजेण्ठालाई राष्ट्रिय सभामा पनि प्रवेश गराएको छ ।



प्रतिक्रिया दिनुहोस्