Logo

कूल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच



काठमाडौँ, १ जेठ । सरकारले नेपालको कूल जनसंख्याको ९८ प्रतिशतमा विद्युतको पहुँच पुगेको जनाएको छ ।

आगामी आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले ९८ प्रतिशत नागरिकको पहुँचमा विद्युत पुगेको उल्लेख गरेका हुन् ।

सरकारले विद्युतको सबै नागरिकमा सहज पहुँचका लागि आगामी दिनमा रोकिएको धेरै आयोजनालाई मर्मत सम्भार गरेर अगाडि बढ्ने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्