Logo

५ लाख भूमिहीनलाई लालपूर्जा दिने सरकारको घोषणा



काठमाडौँ, १ जेठ । सरकारले आगामी आर्थिक वर्षभित्रमा थप ५ लाख नागरिकलाई घरजग्गापूर्जाधनी उपलब्ध गराउने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले भूमिहीन नागरिकलाई लालपूर्जा दिन लागिएको जानकारी गराए ।

सरकारले घोषणा गर्दै आएको भू-उपयोग सम्बन्धी नीति बनाउने, तीनै तहका सरकारबीच सहकार्य बढाउँदै भूमिबाट अधिकतम लाभ लिने गरी काम गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । ३ लाख हेक्टर कृषियोग्य जमिनमा सिंचाइ सुविधा पुर्‍याउनेदेखि राष्ट्रिय गौरवका सिंचाइ परियोजना निर्माणमा पनि जोड दिइएको छ ।

सरकारले मालपोत र नापीसम्बन्धी आधारभूत सेवा स्थानीय तहबाटै एकीकृत रूपमा अनलाइनमार्फत प्राप्त हुने व्यवस्था मिलाइने बताउनु भयो । घरजग्गा कारोबारलाई व्यवस्थित गर्न तथा मूल्यांकन प्रणालीलाई वैज्ञानिक बनाउन कानुनी तथा संरचनागत सुधार गरिने पनि उनले बताए ।

अहिले राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिरहेका छन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ । मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्