Logo

पूर्वसांसद क्षेत्रीद्धारा अर्घाखाँचीका आगलागी पीडितलाई राहत हस्तान्तरण



काठमाडौं, १ जेठ । लुम्बिनी प्रदेशकी पूर्वसासंद निर्मला क्षेत्रीको पहलमा अर्घाखाँचीका आगलागी पीडितहरुलाई राहत वितरण गरिएको छ । जिल्लामा गत चैत २४ देखि वैशाख २६ गतेसम्म भएको वन डढेलोका कारण वस्तीमा पुगेको आगोले त्यहाँका स्थानीय बासिन्दाहरु घरबारविहिन बनेका थिए ।

पूर्वसांसद क्षेत्रीको पहलमा जिल्लमा पहिलोपटक आगलागीबाट पीडित बनेका २६ घरपरिवारहरुलाई खाद्यान्न, लत्ताकपडा लगायतका सामानहरु वितरण गरिएको हो । पीडित परिवारहरुलाई थोरै भएपनि राहतको अनुभूति मिलोस् भन्ने उद्देश्यले स्थानीय तहका जनप्रतिनिधिहरुको समन्वयमा उक्त राहत सामग्री हस्तान्तरण गरिएको पूर्वसांसद क्षेत्रीले बताईन् ।

जिल्लाको भूमिकास्थान नगरपालिका वडा नं. १, ३ ४ र ५ मा राहत वितरण गरिएको हो । उनले मालारानी गाउँपालिका वडा नं. २ र ५, शितगंगा नगरपालिका–५, पाणिनी गाउँपालिका ३ र ८, छत्रदेव गाउँपालिका–४ र ५, सन्धिखर्क नगरपालिका–२ मा आगलागी पीडितको घरमा पुगेर घरबारविहिन परिवारको दीगो रुपमा पुनःस्थापनाका लागि राज्य जिम्मेवार हुनुपर्ने बताउँदै आफ्नो तर्फबाट सक्दो सहयोग आगामी दिनमा पनि गर्ने प्रतिबद्धता जनाईन् ।

प्राकृतिक विपत्तिको घडीमा मानव जीवनमा आएको गम्भीर समस्यामा सबै क्षेत्र र दलहरु एकभएर जनताको सेवामा खट्नुपर्नेमा जोड दिनुपर्ने उनको भनाइ छ । नेपाल चेतना केन्द्र अर्घाखाँचीको आयोजना र टेवा नेपालको सहयोगमा उक्त राहत सामाग्री जनप्रतिनिधिहरुको रोहवरमा वितरण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्