Logo

सन्दीपको पक्षबाट पाँच वरिष्ठ अधिवक्ताले सके बहस



काठमाडौं, १ जेठ । सन्दीप लामिछानेको पुनरावेदन मुद्दामा पाँच जना वरिष्ठ अधिवक्ताहरुले वहस सकेका छन् । पुनरावेदनको रुपमा पाटन उच्च अदालतमा पेशी रहेको उक्त मुद्दामा आज वरिष्ठ अधिवक्ताहरु रामनारायण बिडारी र रमण श्रेष्ठ, शम्भु थापा, मुरारी सापकोटा र कृष्ण सापकोटाले सन्दीपको पक्षबाट बहस गरेका हुन् ।

उनीहरुले दोषी ठहर गर्ने काठमाडौं जिल्ला अदालतको फैसलामाथि प्रश्न उठाएका छन् । प्रमाणविना नै सन्दीपलाई दोषी ठहर गरिएको वरिष्ठ अधिवक्ताहरुको जिकिर छ । सन्दीपलाई उक्त मुद्दामा सफाइ दिनुपर्ने उनीहरुको माग छ ।

त्यस्तै, पीडित गौशाला–२६ को तर्फबाट सरकारी वकिल र निजी कानुन व्यवसायीहरुले पनि बहस गरेका छन् । बहस उत्कर्षमा पुगेको बताइएको छ । उक्त मुद्दामा आज नै फैसला आउन सक्ने अनुमान गरिएको छ । उच्च अदालत परिसरको सुरक्षा व्यवस्था कडा गरिएको छ ।

साथै, अदालत परिसरमा सन्दीपका समर्थकहरुको बाक्लो उपस्थिति रहेको छ ।



प्रतिक्रिया दिनुहोस्