Logo

श्रावणदेखि शिक्षकहरुले हरेक महिना तलव पाउने



काठमाडौँ, १ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि शिक्षकहरुलाई हरेर महिना तलव उपलब्ध गराउने भएको छ ।

सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सामूदायिक विद्यालयमा अध्यापणरत शिक्षकलाई मार्सिकरुपमा तलव भुक्तानी गरिने उल्लेख गरे । यसअघि शिक्षकहरुले त्रैमार्सिक रुपमा तलव पाउँदै आएका छ्न ।

शिक्षकको क्षमता अभिवृद्धिका लागि छात्रवृत्ति तथा नेतृत्व विकासको तालिम दिइने सरकारको योजना रहेको छ । त्यस्तै सरुवा बढुवा लगायतका विषयमा एकीकृत सूचना प्रणालीबाट गरिने राष्ट्रपति पौडेलले बताए ।

अहिले राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गरिरहेका छन् । सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ ।



प्रतिक्रिया दिनुहोस्