Logo

कांग्रेसले राष्ट्रिय सभामा पनि गर्यो अवरोध (भिडिओसहित)



काठमाडौं, १ जेठ । नेपाली कांग्रेसले राष्ट्रिय सभामा पनि अवरोध गरेको छ । आज (मंगलबार) राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपतिलाई धन्यवाद दिन आह्वान गरिएको उक्त बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानविन समिति नबनेसम्म बैठक अघि बढ्न नसक्ने बताएको छ ।

राष्ट्रिय सभामा कांग्रेसका सांसदहरुले अवरोध गरेपछि जेठ ३ गतेका बैठक बस्नेगरी स्थगित गरिएको छ । प्रतिनिधि सभामा कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग निरन्तर राख्दै आएको छ ।

सत्तारुढ दलहरुले भने संसदीय छानविन समिति नबन्ने बताउँदै आएको छ । प्रतिनिधि सभाबाट कांग्रेसले आफ्नो एजेण्डा राष्ट्रिय सभासम्म पुर्याएको हो ।



प्रतिक्रिया दिनुहोस्