Logo

प्रतिनिधि सभा बैठक जारी, कांग्रेसको अवरोध कायमै {LIVE}



काठमाडौं, १ जेठ । प्रतिनिधि सभाको बैठक जारी रहेको छ । आजको बैठकका पनि कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समिति बन्नुपर्ने भन्दै अवरोध गरेको हो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा संलग्न रहेको कांग्रेसले आरोप लगाउँदै आएको छ ।

उनीमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने कांग्रेसको माग छ । कांग्रेसका सांसदहरुले सदनमा नाराबाजी कायमै राखेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक जेठ ३ गते विहान ११ बजे बस्ने छ ।



प्रतिक्रिया दिनुहोस्