काठमाडौं, २ जेठ । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले पार्टी केन्द्रीय कमिटीको आठौँ बैठकमा छलफलका लागि सङ्गठनात्मक प्रतिवेदन पेश गरेका छन् । उनले आफ्नो प्रस्तावमा संगठनमा देखिएका मुख्य समस्यालाई विभिन्न ११ बुँदामा उल्लेख गरेका छन् ।
संगठनात्मक प्रस्तावमा उनले एकीकृत समाजवादीको उद्देश्य आजको पुँजीवादी समाजको ठाउँमा समाजवादी समाजको स्थापना गर्नु रहेको उल्लेख गरेका छन् । उनले पुँजीवादलाई आजका समस्त सामाजिक समस्याहरुको जरोका रुपमा चित्रण गरेका छन् ।
समाजवाद मानवीय आदर्शबाट प्रेरित इतिहासका समस्त चिन्तक, दार्शनिक, ऋषिमुनी, समाज सुधारकहरुको ध्येय रहँदै आएको उनको बुझाइ छ । तिनीहरुका प्रयास उपदेश, शुभचिन्ता वा व्यक्तिगत प्रयासमा सीमित थिए ।