काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठक जारी छ । संसदीय दलको कार्यालय नयाँ बानेश्वरमा बैठक बसिरहेको हो ।
आजको बैठकमा सांसद नरहेका महासचिव शंकर पोखरेल र नेता तथा पूर्व अर्थमन्त्री युवराज खतिवडापनि सहभागी छन् ।
सरकारले हिजो ल्याएको नीति तथा कार्यक्रम र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा उठाउँदै आएको छानबिन समितिको मागबारे निर्णय लिन महत्वपूर्ण नेताहरुलाई बंठकमा डाकिएको हो ।
सरकारको नीति तथा कार्यक्रम प्रस्तुत भएलगत्तै मंगलबार बेलुका बसेको संसद बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति एवम् उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएकाले संसदीय छानबिन समिति माग गर्दै संसद अवरुद्ध पारेको थियो। कांग्रेसले निरन्तर सदन अवरुद्ध पारेपछि सभामुख घिमिरेले कार्यसूचीमा रहेका कार्यक्रम हटाउँदै जेठ ३ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।