काठमाडौं, २ जेठ । डिल्लीराम खनाललाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । सहकारी घोटला प्रकरणका फरार आरोपित जिवी राईलाई उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मारेको अभिव्यक्ति दिएका कारण उनी पक्राउ परेका थिए ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश खेमराज भट्टको इजलासले खनाललाई ५ हजार धरौटीमा छाड्न आदेश दिएको हो ।