Logo

क्यानद्वारा सन्दीपको निलम्बन फुकुवा



काठमाडौं, २ वैशाख । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । आज (बुधबार) बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएसँगै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।

उच्च अदालत, पाटनका न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउदै सन्दीपलाई सफाइ दिएको थियो ।

यसअघि सन्दीप जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका थिए । जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरिराज ढकालको एकल इजलासले सन्दीपलाई ८ वर्षको कैद सजाय सुनाएको थियो । सो फैसलाविरुद्ध सन्दीप उच्च अदालत पुगेका थिए ।

जिल्ला अदालतबाट दोषी ठहर भएपछि सन्दीप क्यानबाट अलग्गिएका थिए । उनले सफाइ पाएसँगै क्यानले आज नै निलम्बन फुकुवा गरेको हो ।

नेपाली क्रिकेट टिम अहिले विश्वकप खेल्न अमेरिका पुगिसकेको छ । लामिछाने टिमको बिदाइमा पनि सहभागी भएका थिए । अब उनले नेपाली टिमको प्रमुख खेलाडीका रुपमा टिममा सहभागिता जनाउने बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्