Logo

प्रदेश सभा बैठकमा कांग्रेस र नाउपाले घेर्‍यो रोष्टम, बैठक स्थगित



काठमाडौं,३ जेठ । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेको छ ।

मुख्यमन्त्री दीर्घ सोडारीले विशवासको मत लिने प्रयोजनार्थ बोलाईएको बैठकमा कांग्रेस र नाउपाको रेशम चौधरी पक्षले अवरोध गरेको हो ।

आजको बैठक सुरुहुनासा प्रतिपक्षीहरुले उठेर विरोध जनाएका थिए । सभामुख भीम भण्डारीले सांसदहरुलाई बस्न अनुरोध गरेपनि उनीहरु निरन्तर उभिएर अवरोध गरेपछि सभामुखले नाउपाको रेशम पक्षका सांसद घनश्याम चौधरीलाई बोल्न दिएका छन् ।

चौधरीले प्रदेश प्रमुख र सभामुखको व्यवहार असंवैधानिक रहेको भन्दै सच्याउन माग गरे । सभामुखले बैठक अगाडी बढाउन खाजेपछि उनीहरुले रोष्टम घेर्दै नाराबाजी गरेपछि बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले कांग्रेसको समर्थनमा २ वैशाखमा मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

नाउपाकै कैलाश चौधरीको पनि दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँले पुन:सरकार गठनका लागि आह्वान गर्दै सोडारीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

सोडारीको नियुक्ति र प्रदेश प्रमुखको निर्णयविरूद्व चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्