काठमाडौं, ३ जेठ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभाअन्तर्गतका सभापति रामहरि खतिवडाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीमात्रै नभएर अब बैंक ठगीको पनि मुद्दा आइसकेको बताएका छन् । आज (बिहीबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले गृहमन्त्री लामिछानेविरुद्ध बैंकले पनि ठगीको मुद्दा हालेको बताएका हुन् । उनले भने, ‘सहकारी ठगीको मात्रै कुरा छैन, अब त बैंक ठगीको पनि कुरा आइसक्यो । बैंकले पनि मुद्दा हालिसक्यो गृहमन्त्रीले हिजो चलाएको कार्यक्रमलाई । नीतिगत भ्रष्टाचार भएको कुराहरुले महत्व पाएको छ । यो बेलामा हामीले केही भनेको छैनौं ।’
साथै, गिरीबन्धु टि स्टेट जग्गा प्रकरणमा न्यायलयको फैसलालाई लिएर नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आत्तिएको उनको टिप्पणी छ । उनले अब कांग्रेसले सदनमा सहकारी र बैंक ठगीमात्रै नभएर नीतिगत भ्रष्टाचारको पनि आवाज उठाउने बताए । साथै, गिरीबन्धुको जग्गा घोटला कांग्रेस नेतृत्वको सरकारको पालामा भएको भनी एमाले अध्यक्ष ओलीले बोलेको बताउँदै उनले जो संलग्न भएपनि छानविन गरेर कारबाहीको दायरामा ल्याउन सुझाव दिए ।
‘हाम्रो पूर्व प्रधानमन्त्रीजी (केपी ओली) आत्तिएको देखेर हामीलाई अचम्म लाग्यो । न्यायपालिकाले गिरीबन्धु टी स्टेटमा सानोतिनो होईन, धेरै ठूलो भ्रष्टाचार भएको छ भनेर उल्लेख गर्यों । त्यो कसका पालमा भयो त भन्दो कोही मान्छे प्रधानमन्त्री थिए ।’ उनले भने, ‘नीतिगत रुपमै बदमासी गरे । यसमा अर्बौं पैसाको चलखेल भयो भनेर न्यायपालिकाले निर्णय गर्यो । त्यो बारेमा समेत आत्तिनथाले ।’ File Photo/Reporters Nepal