Logo

चार दलीय समाजवादी मोर्चा अलपत्र, माधव नेपालको पनि छोड्ने संकेत



काठमाडौं, ३ वैशाख । चार वटा वामपन्थी दलहरु मिलेर बनेको समाजवादी मोर्चा संकटमा परेको छ । जनता समाजवादी पार्टी नेपाल विभाजन भएपछि उपेन्द्र यादव मोर्चाबाट बाहिरिएका छन् । नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव कुमार नेपालले समाजवादी मोर्चाबाट उपेन्द्र बाहिरिएसँगै संकट आएको बताए । अध्यक्ष नेपालले आफूहरुले पनि समाजवादी मोर्चा छाड्ने संकेत गरे ।

‘समाजवादी मोर्चामा हामी चारवटा घटकहरु रहेका हौं । यसबीचमा हामीले चारवटा घटकहरुसँग बसेर छलफल गर्न सकेका छैनौं । हामी बैठकमा व्यस्त भएका हुनाले यसको संयोजन गर्ने नेकपाका महासचिव विप्लवसँग पनि भेटघाट गर्न पाइएको छैन । कसरी यो अगाडि बढ्ला भन्नेबारेमा यसै भन्ने अवस्था देखिँदैन ।’ उनले भने, ‘संकट त निम्तियो । किनभने जनता समाजवादी पार्टी नेपाल नै विभाजित भइसकेपछि जनता समाजवादी पार्टीको रुपमा अर्को पार्टी देखापरिसकेपछि कसरी जाने भन्ने बारेमा हामी बसेर छलफल गर्नेछौं । यस अर्थमा समाजवादी मोर्चामा पनि संकट खडा भएको छ ।’



प्रतिक्रिया दिनुहोस्