काठमाडौं,३ जेठ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधि सभा बैठक अवरोध गर्ने भएपछि सहमतिका लागि भन्दै सारिएको छ । बिहान ११ बजे बोलाईएको बैठक दिउँसो ४ बजेसम्मका लागि सरेको संसद सचिवालयले जनाएको छ ।
१ जेठमा संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । राष्ट्रपति पौडेललाई धन्यवाद प्रस्ताव समेत पारित गर्न प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दिएको थिएन । कांग्रेसको अवरोधका कारणले नीति तथा कार्यक्रम बाहेकका कार्यसूचीमा संसद बैठक प्रवेश गर्न पाएको छैन ।
सहकारीको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ
आज बिहान ११ बजेका लागि संस्दको बैठक बोलाईएको थियो । तर, दलहरुबीच कुरा नमिलेपछि बैठक सार्ने निर्णय भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सभामुख देवराज घिमिरेलाई टेलिफोन गरेर बैडक सार्न आग्रह गरेका थिए ।
यसअघि प्रचण्डले आज बिहान सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति तथा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका थिए । सो छलफललगत्तै प्रचण्डले कांग्रेससँग पनि छलफल गर्ने तयारी गरेका छन् ।