Logo

सुदूरका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत, पक्षमा २८, विपक्षमा शून्य मत



काठमाडौं,३ जेठ । नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीको संस्थापन पक्षले सुदूरपश्चिम प्रदेश सभाको बैठक बहिष्कार गरपनि मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत पाएका छन् ।

मुख्यमन्त्री दीर्घ सोडारीले विश्वासको मत लिनका लागि बोलाईएको बैठक यी दुइ दलले बहिष्कार गरेका थिए ।

दुई दलको बहिष्कारबीच भएको मतदानमा सोडारीले २८ मत पाएका छन् भने विपक्षमा शून्य मत परेको छ । एक मत रहेको राप्रपा सुदूरमा पनि तटस्थ बसेको छ । सोडारीलाई एमालेका ११, माओवादीका १०, समाजवादीका ४, नाउपाका २ र स्वतन्त्र एक सांसदले मत दिएका छन् ।

बैठक सुरु भएलगत्तै काङ्ग्रेस र नाउपा रेशम पक्षले बिरोध गर्दै रोस्ट्रम घेरेका थिए। नाउपाका २ मन्त्री सत्तापक्षमा बसेका थिए भने अन्य सांसद प्रतिपक्षमा उभिएका थिए।

नाउपका घनश्याम चौधरीले मुख्यमन्त्री दीर्घ सोडरी असंवैधानिक रहेको जिकिर गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्