Logo

विपक्षी दलको बैठकमा आउन माधव नेपाललाई देउवाको निम्तो



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको विपक्षी दलको बैठक केहीबेरमा बस्दैछ ।

सिंहदबारमा बैठक बस्न लागेको हो । देउवाले आजको बैठकमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि निम्ता गरेका छन् । नेपाल पछिल्लो समय सत्तापक्ष भन्दा ज्यादा प्रतिपक्षीको भूमिकामा देखिँदै आएका छन् ।

तर, निम्ता गरिएपनि नेपाल बैठकमा सहभागी हुने–नहुने भने निश्चित भइसकेको छैन । बैठक केहीबेरमा सिंहदबारमा बस्दैछ । बैठकमा राप्रपा, उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल, लोसपा, जनमोर्चा लगायतका दललाई बोलाइएको छ।

आजको बैठकले संसद्मा सरकारविरुद्ध कसरी प्रस्तुत हुने भन्नेबारेमा ठोस निर्णय लिनेछ ।



प्रतिक्रिया दिनुहोस्