Logo

देउवाले डाकेको विपक्षी दलको बैठक सुरू, सरकारविरुद्ध मोर्चाबन्दीको प्रयास



काठमाडौं,६ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपक्षी दलको बैठक डाकेका छन् । बिहान साढे १० बजेका लागि देउवाले विपक्षी दलको बैठक डाकेका हुन् ।

विपक्षी मोर्चामा कांग्रेससहित, राप्रपा, जसपा नेपाल र लोसपा छन् । जनमत पनि विपक्षी मोर्चामा भएपनि बैठकमा सहभागी भएको छैन् । यसअघि पनि देउवाले विपक्षी दलको बैठक डाकेका थिए ।

सहकारीको संस्थाको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग नेपाली कांग्रेसले गर्दै आएको छ । कांग्रेसको यो मागमा जसपा नेपाल, राप्रपा, लोसपा लगायतका दलहरुले पनि समर्थन जनाएका छन् । उनीहरुको अडानका कारण संसदको गतिरोध अन्त्य हुन सकेको छैन ।

सहकारी प्रकरणमा संसदीय समिति बनाउने सहमति भएसँगै आज संसद् बैठकले निरन्तरता पाउने भएको छ । आज ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक अघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरुसँग छलफल गर्दै छन् ।



प्रतिक्रिया दिनुहोस्