Logo

कांग्रेसको अडानः टिओआरमा गृहमन्त्रीमाथि छानविन हुने कुरा लेख्नुपर्छ



काठमाडौं, ६ जेठ । नेपाली कांग्रेसका नेता दीपक खड्काले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानविन हुनुपर्छ भन्ने मागबाट आफूहरु पछि नहटेको बताएका छन् । आज (आइतबार) नेपाली रेडियो नेटवर्कको नेपाली वहसमा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उले गृहमन्त्रीमाथि छानविनको माग यथावत नै रहेको बताए । उनले टिओआरमा गृहमन्त्री लामिछानेको नाम उल्लेख भएरअ आउनुपर्ने बताए ।

‘टिओआरका लागि कार्यदल बनेको हो । कार्यदलले बनाउने टिओआरमा पनि रविजीको विषयमा छानविन हुनुपर्छ भन्ने नै हो । कार्यदलले त्यो कुरा लेख्नुपर्छ । जुन प्रश्न उठिसकेको छ, त्यसको समाधान टिओआरमा समेटिनुपर्ने नि,’– उनले भने ।

प्रमुख प्रतिपक्षी दल कांग्रेसले गृहमन्त्री लामिछानेमाथि छानविनको माग गर्दै विगत दुई महिनादेखि संसद् अवरोध गर्दै आइरहेको थियो । हिजो प्रधानमन्त्री निवास बालुवाटमा बसेको सत्तापक्ष र प्रमुख प्रतिपक्ष दलको बैठकले छानविन समिति बनाउने र त्यसको लागि टिओआर तयार गर्ने सहमति गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्